काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएका कारण संसद सचिवालयमा उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् । उनलाई एमालेले बुधबार सचिवबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ ।
उनले आफू उपचाररत रहेकाले संसदमा उपस्थित हुन नसकेको पत्र पठाएको संसद सचिवालयले जानकारी दिएको छ। निरन्तर १० बैठकमा उपस्थित हुन नसकेपछि निलम्बनमा पर्ने भएकाले रायमाझीले उक्त पत्र पठाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रायमाझी फरार छन् ।