काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालले आजदेखी स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक तीन महिनाको औषधि दिने भएको छ।
स्वास्थ्य बिमाको सुविधका लागि बढिरहेको भीड कम गर्नका लागि अस्पतालले यस्तो निर्णय गरेको हो ।बिरामीलाई पटक पटक अस्पताल आइरहन नपरोस् भन्नका लागि यस्तो गरेका हौं अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भने।
औषधि लिने बिरामीहरुले दिउँसो १ बजेदेखि २ बजेको टिकट काटी ५ बजेसम्म सेवा लिन सक्ने अस्पतालले जनाएको छ।