धनगढी ।निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि धनगढी र धनगढीकै क्याम्पस रोडमा रहेको कैलाली बहुमुखी क्याम्पस बिच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा क्याम्पसका प्रध्यापक तथा कर्मचारी, विद्यार्थी र नीजका परिवारजन (बुवाआमा, श्रीमान श्रीमती र छोरा छोरी)को दुर्घटना वा अन्य उपचारका लागि पनि अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु–याउने निसर्ग हस्पिटलले जनाएको छ।
दुवै पक्षबिच २०८० जेठ ११ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ भने कैलाली बहुमुखी क्याम्पसले निसर्ग हस्पिटललाई छुटको लागी बिरामी उपचारमा पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ।
सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज उपाध्यायले आज हस्ताक्षर गरेका हुन् । निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीतिअनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलीकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।