काठमाडौं । केन्द्रीय कारागार अस्पतालमा पहिलोपटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक सम्पन्न भएको छ।
कार्यदलका संयोजक समेत रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेको अध्यक्षताका बसेको बैठकले अस्पतालको सेवालाई प्रभावकारी बनाउन तथा सेवा विस्तार गर्ने योजना अघि बढाउन विभिन्न निर्णय गरेको छ।
केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी रहेका छन्। त्यसैले गत २१ फागुनमा स्वास्थ्य र गृह मन्त्रालयका सचिव स्तरको बैठकले अन्तर मन्त्रालय समन्वय कार्यदल बनाएको थियो।