काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ८८ नमुना परीक्षणका क्रममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा कोरोनाका ८ संक्रमितहरु निको भएका छन् । त्यसैगरी हाल नेपालभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।