काठमाडौं । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले छैठौं वार्षिकोत्सवको अवसरमा क्यान्सर सचेतना बढाउनका लागि शनिबार वाकाथान कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागितामा उक्त वाकाथान कार्यक्रम सम्पन्न गरिएको थियो । शनिबार लगनखेलबाट सुरु भएको उक्त वाकाथान सभा जावलाखेलमा गएर कोणसभामा परिणत भएको थियो ।

क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेकोले त्यसलाई कम गराउनका लागि यस्ता कार्यक्रमहरुको महत्व रहेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले बताए ।
