काठमाडौं । ५०,००० अमेरिकी डलर राशिको “क्यान्सर ग्लोबल अंकोलोजी युवा अन्वेषक पुरस्कार २०२३”, नेपाली चेली डा.सोनिया दुलाललाई प्रदान गरिएको छ । नेपाल सरकारको वीर अस्पतालबाट पूर्ण छात्रवृत्तिमा स्नातक मेडिकल अंकोलोजिस्ट डा. सोनिया दुलाल पहिलो तथा केही नेपाली अंकोलोजिस्टहरू मध्ये एक हुन् ।
अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी र हेल्थ भोलन्टियर्स ओभरसीजको सहकार्यमा सञ्चालित उक्त अवार्ड कन्क्यूर क्यान्सर फाउण्डेशनको तर्फबाट अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी (ASCO) ले डा. दुलालले अध्ययन गर्न पेश गरेको“ नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको आणविक विशेषता”शीर्षकको अनुसन्धानको लागि दिने घोषणा गरिएको हो ।
डा. दुलाल उत्कृष्ट एब्स्ट्र्याक्टका लागि फेलोको रूपमा मेरिट अवार्ड २०१८ वार्षिक बैठकद्धारा कन्कर क्यान्सर फाउन्डेसन प्राप्त गर्ने पहिलो नेपाली मेडिकल ओन्कोलोजिस्ट समेत रहेकी छिन् ।उनी प्रिन्सेस मार्गरेट क्यान्सर सेन्टर, टोरन्टो, क्यानडामा “बहु–विषय व्यवस्थापनको उन्नत÷असक्रिय फोक्सोको क्यान्सर“ शीर्षकको परियोजनामा नेपाली मेडिकल अंकोलोजी फेलोको रूपमा टेक्निकल फेलोशिप अवार्ड २०१९ प्राप्त गर्ने पहिलो व्यक्ति हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा.सोनिया दुलालले विश्व फेडेरेसन अफ हेमोफिलियाको हेमोफिलिया हेरचाहसम्बन्धी क्षेत्रीय चिकित्सा कार्यशाला – बैंकक, थाइल्याण्ड, २०१८ मा नेपालको प्रतिनिधित्व गरीसकेकी छन् ।