काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
आईतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३० वर्षका चालक काशिराम बढुवाल र २० वर्षका सहचालक शिव बढुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति घटना भए पनि घटनाबारे बिहानै मात्र थाहा भएको स्थानीय प्रेमसिंह बुढाले जानकारी दिए।