काठमाडौं - सरकारले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारको कार्यक्रमलाई विस्तार गर्दै लैजाने उल्लेख गरे। पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिका लक्षित एचपीभी खोपलाई विस्तार गरिने उनले बताए।