काठमाडौं -
आगामी आर्थिक वर्ष २०८०(०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्यालय तहका छात्राहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको स्यानिटरी प्याड वितरणको कार्यक्रमलाई निरन्तरता दिने बताए।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताए।
यसका निम्ति १ अर्ब ४२ करोड बिनियोजन गरेको उनले संसदमा जानकारी गराए। यो कार्यक्रमबाट १० लाख छात्राहरु लाभान्वित हुने उनले बताए।