काठमाडौं– आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि सो बजेट विनियोजन गरेको बताए।