काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०(०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कैलालीस्थित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने बताएका हुन्।
उक्त प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।
अर्थमन्त्री महतले डडेलधुरामा मेडिकल कलेज बनाउन बजेट विनियोजन गरिएको बताए। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाइट अस्पतालको रुपमा सेवा दिने गरी दैलेखको राकममा १०० शय्याको स्याटेलाइट अस्पताल स्थापना गर्ने समेत बताए । उनले त्यसका लागि आवश्यक रकमको व्यवस्था गरिएको जानकारी दिए ।