काठमाडौं । नागरिक सामुदायिक तथा शिक्षण अस्पतालमा जेठ महिनाभरी नि:शुल्क फर्टिलिटी सेवा प्रदान गरिने भएको छ ।
अस्पतालले नयाँ फर्टिलिटी सेन्टर सुचारु गरेको उपलक्ष्यमा जेठ महिनाभरी नि:शुल्क निसन्तान दम्पतीहरुका लागि ओपीडी सेवा दिने भएको हो । अस्पतालले जेठ १४ गते आइतबारबाट फर्टिलिटीको नि:शुल्क सेवा प्रदान गरेको हो।
यस अन्तर्गत अस्पतालले बाँझोपन सम्बन्धि,बारम्बार गर्भ खेर जाने अवस्था,महिनावारीको गडबडी हुने समस्या तथा स्त्री तथा प्रसूती रोग सम्बन्धि सम्पूर्ण उपचार हुने अस्पताल प्रशासनले जानकारी दिएको छ।