काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तर तथा प्रभावकारी रुपले अगाडि बढाउने भएको छ ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/२०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सबै सरकारी अस्पताल तथा सामुदायिक अस्पतालबाट बिमा सेवा बिस्तार गरिने बताएका हुन्।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शैय्यामा बिस्तार योजना सरकारले बनाएको बजेट भाषणका क्रममा अर्थमन्त्री महतले बताएका थिए।