काठमाडौं । बजेटमा सुर्तीजन्य पदार्थमा लाग्ने करको वृद्धी ज्यादै न्यून भएकोमा एक्सन नेपालले विरोध जनाएको छ ।
बुधबार विश्व धूम्रपान रहित दिवश २०२३ को अवसरमा पत्रकार सम्मेलन गरी एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिए पनि मुल्य वृद्दिदर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घटेको बताए।
चन्दका अनुसार प्रारम्भिक विश्लेषणले सूर्तिजन्य पदार्थमा गतवर्ष भन्दा करीव ५ प्रतिशतले करको दर घटने देखिएको छ । बजेटमा ज्यादै न्युनरुपमा (२.५ देखि ४ प्रतिशत सम्म) कर वृद्धी गरेको देखिए पनि मुद्रास्फिति दर ७.८ प्रतिशतले वृद्धि हुदा करको दर घट्ने भएको हो । यो पछिल्लो १० बर्ष यताकै न्युन हो।´
उनले करको दर बढाउने भन्दै आएका स्वास्थ्य मन्त्रीकै पालामा सूर्तीजन्य पदार्थमा लाग्ने कर घट्नु लज्जास्पद भएको बताए । उनका अनुसार प्रारम्भिक विश्लेषणमा सूर्तिजन्य पदार्थमा गतवर्ष भन्दा करीव ५ प्रतिशतले करको दर घटने देखिएको छ ।