काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेबारिसे तथा असहाय बिरामीहरुका लागि अनिवार्यरुपमा १० प्रतिशत बेड छ्ट्याउनका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पुनः ताकेताको परिपत्र गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो।
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ मा विपन्न असहाय र बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई निशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्ने, बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने लगायतका व्यवस्था छ।