काठमाडौं । भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ।
क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ।
उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ। भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ।
मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए।