काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो।
नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रले जानकारी दिए।
'नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा ल्याएका छौं,’ इन्चार्ज मिश्रले भने, ‘यसअघि ३२ च्यानलसम्मका एमआरआई नेपालमा थिए, यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो।’