काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग अनविज्ञ रहेको बताएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आफ्नो टिप्पणी सार्वजनिक गरेको छ। सो विभागका प्रमुख योगेश भट्टराईले १७ बुँदे टिप्पणी सार्वजनिक गर्दै सरकारकै नीति तथा कारयक्रम र बजेटबीच समन्वयन नरहेको बताएका हुन्।
विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कूल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको भए भने नेपालको बजेटमा भने ४.८ प्रतिशतमा सीमित राखेकोमा एमाले स्वास्थ्य तथा जनसंख्या विभागले आपती जनाएको छ ।