काठमाडौं ।नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वार्षिकोत्सवको अवसरमा निशुल्क ओपीडी सेवा संचालन गरेको छ।
अस्पतालले आज छेठौं वार्षिकोत्सवको अवसरमा निशुल्क ओपीडी सेवा संचालन गरेको हो। आज बिहान ९ बजेदेखि ३ बजेसम्म अस्पतालले ओपीडी सेवा दिने भएको हो । यस अवसरमा अस्पतालमा गरिने विभिन्न ल्याब टेस्टहरुमा विशेष छुट प्रदान गरिएको पनि अस्पतालले जनाएको छ ।