काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले निजी अस्पतालहरुसँग निशुल्क रुपमा उपचार गरेको अस्पतालको विवरण माग गरेको छ ।
शुक्रबार राजधानीका निजी तथा सरकारी अस्पतालहरुको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न नागरिकहरुको उपचारका लागि छुट्याइएको १० प्रतिशत बेडको व्यवस्था लागु भए नभएको जानकारीका लागि विवरण माग गरिएको हो।
उनले आगामी दिनमा सोर्स फोर्सको आधारमा मात्रै बेड पाउने अवस्थाको अन्त्य हुने समेत बताए । अस्पतालमा बेड खाली भए नभएको बारेमा झुटा विवरण राख्ने अस्पताललाई कार्वाही हुने उनले बताए ।