काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो।
पत्ता हुनेमा तनहुँ भानु नगरपालिका वडा नं ९ बस्ने वर्ष ५७ का सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका वडा नं ७ बस्ने सीटीईभीटीका योजना महाशाखा निर्देशक वर्ष ५६/५७ का यमप्रसाद भुर्तेल र इलाम घर भएका विद्युत् प्रशिक्षक वर्ष ३०/३२ का भानु पौडेल रहेको प्रहरीले जनाएको छ।