काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ६७ नमुना परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा कोरोनाका ५ संक्रमितहरु निको भएका छन्। त्यसैगरी हाल नेपालभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको छ।