काठमाडौं । कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले आन्दोलन गर्ने निर्णय गरेको छ।
संघर्ष समितिको बैठकले आन्दोलन चर्काउने घोषणा गरेको हो।संघर्ष समितिका संयोजक लोकराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन गर्ने निर्णय गरेको बताए।