एजेन्सी । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ।स्विडिसले सेक्स खेल महासंघ नै गठन गरेको छ । यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना पनि गर्ने भएको छ।
स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ। यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ।
तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ। प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ। विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन्।
हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ।युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ । आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ।
स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन्।