काठमाडौं । नेपालमा कोरोना संक्रमण शुन्यमा झरेको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कुनै पनि संक्रमित फेला परेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ७ सय ६० नमुना परीक्षणमा कुनै पनि संक्रमित फेला नपरेका हुन् ।
विगत २४ घन्टामा १ जना कोरोना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।