काठमाडौं । ईशान बाल तथा महिला अस्पतालमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। निजी स्तरबाट सञ्चालित उक्त अस्पतालको आँखा विभागद्वारा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा २०१ जनाको आँखाको परीक्षण गराईएको थियो भने १८० जनालाई औषधि वितरण गरिएको थियो।अस्पतालका कार्यकारी निर्देशक डा.रामनन्द चौधरीका अनुसार आँखा परीक्षण गराइएका मध्ये ५० जना बिरामीमा दृष्टि दोष देखिएकोल सहुलियत दरमा चस्मा प्रदान गरिएको थियो ।
शिविरमा अस्पतालका दृष्टि विशेषज्ञहरु किरण ठाकुर र प्रजीता खड्काले सेवा प्रदान गरेका थिए । अस्पतालका जनरल म्यानेजर भक्तबहादुर शाहिका अनुसार अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार सामाजिक उत्तरदायित्व अनुसार नि:शुल्क शिविर सञ्चालन गर्ने छ ।
