काठमाडौं । नेपाल वनस्पति घ्यूतेल उत्पादक संघका अध्यक्ष विकास दुगडले घ्यूतेलमा कर बढाउँदा अनौपचारिक बजार फस्टाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दुगडले सो बताएका हुन् ।
उनले भारतमा भन्सार महसुल निःशुल्क तर नेपालमा भन्सार महसुल १० प्रतिशत र भ्याट १३ प्रतिशत कायम रहेको बताउँदै उनले भन्सार महसुल घटाएर साविककै १ प्रतिशत कायम गर्नु पर्ने बताए । साथै, उनले साँचो सरकारलाई बुझाउनु पर्ने परिस्थिति आएको समेत बताए ।
लगानीको २६ उद्योग सञ्चालनमा आउँदा १५ हजारले रोजगारी पाएको जानकारी गराए। यी उद्योगमा समस्या आउँदा अन्य उद्योगमा पनि समस्या आउने बताउँदै उनले उद्योगले अग्रिम आयकर तिर्न नसकेको बताए ।