काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका भच्चेकमा नेपाली सेनाले संचालन गरेको बृहत स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले सेवा लिएका छन्।
गाउँपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय ८१ महिला र ३ सय ७२ जना पुरुष गरी कुल ८ सय ५३ जनाले स्वास्थ्य सेवा लिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए।
पालिकाभित्र बसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी संचालन भएको शिविरमा हाडजोर्नी, स्त्री रोग, चर्म रोग, नाक(कान(घाँटी, आँखा, जनरल ओपिडीलगायतका सेवाहरु प्रदान गरिएको थियो। ११ जना बिशेषज्ञ चिकित्सकले सेवा दिएका थिए।
शिविरमा सैनिक अस्पताल पोखरा, गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाबाट सहयोग प्राप्त औषधीहरु निस्शुल्क वितरण समेत गरिएको गणपती विष्टले जानकारी दिए।