काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा पोखरामा सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको छ।
मृगौला प्रत्यारोपण कार्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा डा.दिपेश श्रेष्ठ, डा.हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए ।
भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट युरोलोजी तथा मृर्गौला प्रत्यारोपण टोलीमा शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाँई, डा. सन्तोष श्रेष्ठ, डा. डेभिड श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. रोहीनी सिग्देल, डा. माया लामा, डा पंकज बराल, डा. हरि पौडेल, डा.अनिल न्यौपाने, डा. सतिस गुरुङ्ग, डा बिशाल गुरुङ्ग यसैगरी नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, साथै ओ.टी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहेका थिए।