काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी अभावका कारण एक साताका लागि पठनपाठन बन्द भएको छ ।
प्रतिष्ठानले पानी अभावका कारण स्नातक तहको पठनपाठन एक वर्षका लागि बन्द भएको भन्दै एक सुचना समेत जारी गरेको छ ।सुचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
