काठमाडौं। सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । आज बिहान साढे पाँच बजेसिन्धुली दुधौली नगरपालिका १० कर्था बस्ने ६२ वर्षीया शिव कुमारी कार्कीमने सर्पले डसेर मृत्यु भएको हो।
कार्की बिहान उठेर आफ्नै घरको पेटीमा हिडिरहेको बेला अचानक सर्पले डसेर उपचारको लागि दुधौली नगरपालिका ९ सर्पदंश हस्पिटलमा लगिएकोमा सामान्य उपचार गरेर थप उपचारको लागि कर्जना फुलकुमारी महतो मेमोरियल हस्पिटल सिरहामा लगिएको थियो ।
उनको उपचारको क्रममा साढे ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।मृतक शव घरमा ल्याइसकेको भनेर जानकारी गराएपछि प्रहरी चौक दुधौली सिन्धुलीबाट खटेको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए । एक साता अघि सिन्धुलीमा नै सुतिरहेको बेला सर्पले डसेर दुई दाजुभाईको मृत्यु भएको थियो।