काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाका कुनै पनि संक्रमित फेला परेका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार ३८ नमुना परीक्षणका क्रममा कुनै पनि संक्रमित फेला परेका छैनन् ।
सोही अवधिमा कोरोना ३ संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ११ रहेको छ । त्यस्तै विगत २४ घन्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।