काठमाडौं । कालिकोटको शुभकालिका गाउँपालिका– ६ चिसापानीमा जिप दुर्घटना भएको छ ।
चिसापानीस्थीत बेहुली पानतडी सडक खण्डमा चौकी बजारबाट हाउडीतर्फ आउँदै गरेको, लु १ च ८४९८ नम्बरको डबल क्याप जिप सडकदेखि अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा जिप चालक शुभकालिका भर्ता बस्ने अन्दाजी ३० वर्षका हर्क कामी, कालिकोट शुभकालिका– ८ बस्ने वर्ष ३१ का रामबहादुर शाही, दैलेख नौमुले घर भएका २५ वर्षका गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।