काठमाडौं । नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।
आज (आइतबार) बसेको प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेको आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।