काठमाडौं। चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर-२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।