काठमाडौं । स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षको २७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको विभागले जनाएको छ ।
चालू खर्च तर्फ १ अर्ब ५१ करोड ३५ लाख ५३ हजार खर्च भएको छ भने पूजिगत तर्फ २८ करोड ५ लाख ३८ हजार खर्च भएको छ। विभागको तथ्यांक अनुसार चालु तर्फको बजेट २८ प्रतिशत खर्च भएको छ भने पुजिगत तर्फको बजेट ११ प्रतिशत खर्च एको छ।
महामारी रोग नियन्त्रण र उपचारात्मक सेवा कार्यक्रममा कुनै पनि बजेट खर्च भएको छैन ।