काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने बताएका छन् ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका बेला पार्टीको धारणा सार्वजनिक गर्न सोमबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।
‘बजेटमा त्रुटि भएको छ,त्यो त्रुटिलाई हामीले सच्याएर अव स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नै तिब्र गतिसाथ अगाडि बढाउँछौँ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको छ’, उनले भने ‘गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ ।’
‘प्रधानमन्त्रीले विश्वविद्यालय सञ्चालका लागि अध्यादेशको प्रकृया अगाडि काम भइरहेको, कहीँ कतै अन्योल जरुरी नभएको तथा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्छ भनेर वचन दिनुभएको छ’, उनले भने, ‘सिंगो गठबन्धन विश्वविद्यालयकै पक्षमा रहेको छ ।