काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्ता लामो बसाइका लागि आज राति सिंगापुर जान लागेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद समेत रहेकी श्रीमती आरजु राणासहित उनी उपचारका लागि त्यसतर्फ जान लागेको बताइएको छ ।
आज बेलुका ११ बजे सिंगापुर एयरलाइन्सको उडानबाट उनीहरु सिंगापुर जान लागेका हुन् ।
देउवामा कुनै विशेष रोग नभएको र नियमित स्वास्थ्य जाँचका लागि जान लागेको बताइएके छ ।
देउवा दम्पती असार ६ गते नेपाल फर्कने कार्यतालिका छ ।