काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ ।प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो । स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
प्रेस विज्ञप्ति
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को मिति २०८० जेठ २९ गते सोमबारका दिन यस नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण भएको जानकारी गराउँछौं ।सम्माननीय प्रधानमन्त्री दाहाल पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित यस नर्भिक इन्टरनेशनल हस्पिटल आउनुभएको थियो । करिब डेढघण्टा समय लगाएर उहाँले आफ्नो सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो । सो क्रममा सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको समेत जानकारी गराउन चाहन्छौं ।
आफ्नो पूर्ण स्वास्थ्य परीक्षणका लागि नर्भिक हस्पिटलमा प्रधानमन्त्री ज्यूको आगमनप्रति हामी हार्दिकतापूर्वक आभार प्रकट गर्न चाहन्छौं । सोमनाथ बास्तोला प्रवक्ता नर्भिक इन्टरनेशनल हस्पिटल
थापाथली, काठमाण्डौ ।
मिति ः २०८० जेठ ३० गते