काठमाडौँ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् ।
प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।