काठमाडौं। मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्।
मंगलबार मुटुमा समस्या भएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए ।