काठमाडौं । कानुन विपरीत औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा कानुन विपरीत औषधि पसल सञ्चालन गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको हो ।
९ जना भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भारतीय नागरिक सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार पक्राउ परेको प्रहरीले जनाएको छ ।