काठमाडौं । सरकारले नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारको जिम्मेवारी शुक्ला खनाललाई दिएको छ। उनलाई मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले रजिष्ट्रारमा नियुक्त गरेको हो।
सिभिल अस्पताल तथा वीर अस्पतालमा लामो समय काम गरेकी उनलाई तीन वर्षको लागि नियुक्त गरिएको हो। उनी माओवादी निकट छिन्।