काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलनको उपचारका लागि कोष स्थापना गर्न माग गरेकी छन् ।
प्रतिनिधी सभाको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद कंसाकारले जलनको समस्यालाई विकराल समस्याको रुपमा लिनुपर्ने धारणा राखेकी हुन् ।
आफूले जलनको पीडा बताउँदै उनले जलन उपचारलाई अझै पनि गम्भीर समस्याको रुपमा लिने नगरिएको बताएकी हुन् । उनले मानिसलाई जलनपछि हुने छट्पटी तथा तथा पीडालाई गम्भीर रुपमा लिई यसलाई व्यवस्थित रुपमा उपचार गराउनुपर्ने बताईन् ।