काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा फोहर मैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं ८८ मा तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिने भन्ने उल्लेख भएबमोजिम सरसफाइ तथा पोहर मैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई मन्त्रालयले बिहीबार पत्राचार गरेको हो ।
मन्त्रालयले सचिवस्तरको निर्णयबाट सरसफाइ तथा पोहर मैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई १८ बुँदे नीतिअनुसार काम गर्न पत्र पठाएको जानकारी दिएको छ । मन्त्रालयबाट जारी भएको वातावरणमैत्री स्थानीय शासनको प्रारूप, २०७८ को कार्यान्वयन सुनिश्चित गर्न सो पत्रमा निर्देशन दिइएको छ ।