काठमाडौं । नेपाल नर्सिङ काउन्सिलकी नवनियुक्त रजिष्ट्रार शुक्ला खनालले नर्सिङ पेशामा कुनै पनि बेथिती हुन नदिने बताएकी छन् ।
आज नर्सिङ काउन्सिलको रजिष्ट्रारको रुपमा पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नर्सिङ काउन्सिलको रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।