काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लाहरुमा यथाशिघ्र चिकित्सक र नर्स पठाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले काजमा कर्मचारी बस्ने प्रवृत्ति हटाइ दुर्गम ठाउमा रिक्त रहेका दरबन्दीमा डाक्टर र नर्सहरूको शीघ्र व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले मन्त्रालयलाई दुर्गममा डाक्टर पठाउनेदेखि निर्माणाधीन अस्पतालहरू तोकिएको समयसीमामा सम्पन्न गरी सेवा सुचारु गर्नेसहित १२ बुँदे निर्देशन कार्यान्वयन गर्न भनेको छ।