काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले चौतारा अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन्।
शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए।
उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सवै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराईने जानकारी दिए । चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफुले पहल गर्ने उहाले बताए।
मन्त्री वस्नेतललाई स्थानीय प्रतिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए।