काठमाडौं । स्थापना भएको करिब ५ बर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सन्चालनमा आउन थालेका छन्।
यो शैक्षिक सत्रमा प्रतिष्ठानले बिएससी नर्सिङ र बिएनएस कक्षा सन्चालनमा ल्याएको छ।
प्रतिष्ठानले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको जानकारी दिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकाश लामीछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा शैक्षिक कार्यक्रम सन्चालनको जानकारी दिइएको हो।